"कुशाल नै छ के वनपरीहरू ?
वन घुमी घुमी चट्ट भेट भो ॥
हृदयमा भ्रयो अति प्रसन्नता ।
अति उराठमा पो थिएँ म ता ॥"
(१७२)
भाव चित्तका सब छिपाउँदी ।
नजर हेर्दछिन् ती शकुन्तला ॥
चकितलोचनी वितत चारुता ।
कसुम झाँगको आड खोज्दछिन् ॥
(१७३)
दिल खुलेसरी स्वर्ण कान्तिले ।
प्रभु उदाउँदा विपिनबीचमा ॥
कलनिनादका नभ-चरीहरू ।
हृदयपड्खले गर्न स्वागत ॥
(१७४)
"दिल हुँदा हुँदै शान्द शून्यता ।
जलद बीचमा शीघ्र बेपता ॥
बन्दछो प्रभा अमित रत्नका ।
विशववन्यका किरणसामुमा ॥"
यति भनी त्यहाँ मधु प्रियम्वदा ।
हृदय भूपको खुरा गराउँदछिन् ॥
(१७५)
चार चन्चला अघि सरीकन ।
नृपतिसामुमा विन्ति गर्दछिन् ॥
"सखि शाकन्तला खोज्दछिन् यहाँ ।
बिन्ति गर्न क्यै एकली बनी ॥
(१७६)
पर हिँडूँ सबै शर्म क्यै नली ।
हृदयको करा सखि, नताउनू ॥
समय मिल्छ यो सुनहला कहाँ ।
लौ त, हिँड्दछौं बस सखे ! पहाँ ॥"
(१७७)
Page:Shakuntala.pdf/204
Appearance
This page has not been proofread
