Jump to content

Page:Tarun tapasi.pdf/128

From Nepali Proofreaders
Revision as of 21:21, 9 April 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|१८}} जटा, मासूछाला सहित हितको जीवन पनि ::जथाभावी तोडी, अति कठिन हड्डीतक पिनी। कसैलाई गर्छन् मनुज खलमा खूब खलल ::लिनालाई भित्री कठिन तपको अद्भुत बल।। {{pcn|१९}} यहाँ जो...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

१८
जटा, मासूछाला सहित हितको जीवन पनि
जथाभावी तोडी, अति कठिन हड्डीतक पिनी।
कसैलाई गर्छन् मनुज खलमा खूब खलल
लिनालाई भित्री कठिन तपको अद्भुत बल।।

१९
यहाँ जो जो बस्छन् घर, महल वा गोठ, झुपडी
कुटी, पाटी, पौवा, मठ, विविध शाला, कचहडी।
सबैमा यै हाम्रो कठिन तपको अन्तिम कला
म देख्दैछू धेरै किसिमसँग त्यो गर्छ सुकला।।

२०
कडा ग्रीष्मज्वाला जुन बखतमा खप्न नशकी
तपस्वी कल्पन्छन् जलदतिर हेरी जल ढुकी।
कठै त्यै वेलामा अझ विकट हालाहल सरी
डढेलाको ज्वाला मनुजहरु दिन्छन् हरि हरि।।