This page has not been proofread
२७
हटाई पैसाले ग्रह, दिनदशा, व्याधि सकल
म भोगूँला धेरै विषयसुख भै पुष्ट सबल।
भनी लाल्चा गर्ने अबुझहरुको दर्पण सरी
जरा हाँस्यो पोती सबतिर सपेती शिरभरी।।
२८
म खाऊँ मै लाऊँ, सुख, सयल वा मोज म गरूँ
म बाचूँ, मै नाचूँ, अरु सब मरून् दुर्बलहरू।
भनी दाह्रा धस्ने अबुझ शठदेखी छक परी
चिता खित्का छोडी अभयसित हाँस्यो मरिमरी।।
२९
सबै मेरो मेरो भनिकन अघी जीवित छँदा
स्वयं हाँस्थ्यो हेरी जुन विभव वा दौलत सदा।
पछी उस्को देखी क्षणिक मनको अन्तिम गति
उही हाँस्यो 'तेरो अब कति छ' भन्दै खितिखिति।।