Jump to content

Page:Tarun tapasi.pdf/118

From Nepali Proofreaders
Revision as of 21:12, 9 April 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|३}} विधाता हाँसेको, निमय अझ उस्को हिलिलिली ::मजैमा हाँसेको हरकिसिमका रङ्ग बदली। उता हाँस्तैं निस्क्यो गगनतल नीलो खितितिति ::मिहीं उस्को हाँसो बुझन कुन शक्ला सि...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread


विधाता हाँसेको, निमय अझ उस्को हिलिलिली
मजैमा हाँसेको हरकिसिमका रङ्ग बदली।
उता हाँस्तैं निस्क्यो गगनतल नीलो खितितिति
मिहीं उस्को हाँसो बुझन कुन शक्ला सितिमिति?।।


कठै तेही रित्तो गगनतल सिंहासन गरी
नभोगङ्गा हाँसिन् हरतरहका साधन भरी।
उता सुस्तै नीलो गगनपथमा निर्भय पसी
सबै हाँस्तै दौडे ग्रहगण र तारा, रवि, शशी।।


तिनैको त्यै ज्योतिर्मय मधुर हाँसो तल झरी
हँसायो वा हाँस्यो मुसुमुसु उज्यालो सुरपुरी।
यता पृथ्वी हाँसिन् जलधिघट काखीबिच धरी
पनेर्नी जस्ती भै घुमिघुमि लगायेर नचरी।।


निशा हाँसी कालो वसन तमको चट्ट पहिरी
लुकामारी खेल्दै दिनसँग बडो कौतुक गरी।
दगुर्दा गर्मायो दिवस, तर हाँस्यो हिलिलिली
निहारी सन्ध्याको अरुण सुखशय्या मखमली।।


लबर्पांडे कालो तरुण रसिलो बादल पनि
तमासा त्यो देखी हृदयबिच लाग्यो र मुहुनी।
ठुलो खित्का छोडी गगनभर घुम्दै फनफनी
जथाभावी हाँस्यो सबतिर गर्यो आँखमिचनी।।


अहा त्यै वेलामा तरुणघनलीलावश परी
परी जस्ती गोरी चपल बिजुली त्यो अघि सरी।
उसैको छातीमा लुटुपुटु परी निर्भर ढली
मजा मानी मानू प्रणयसित हाँसी हिलिलिली।।