Jump to content

Page:Tarun tapasi.pdf/106

From Nepali Proofreaders
Revision as of 21:12, 9 April 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "{{c|{{larger|'''षोडश विश्राम'''}}}} {{start center block}} <poem> {{pcn|१}} मुनिबाट सुनेर त्यो सब ::पसिनाको परिपाकगौरव। कवि जाँगरिलो हुँदै गये ::अमिरी जीवनमा घृणा लिये।। {{pcn|२}} यहाँ यै चौकीमा कठिन तपको जीर्ण पगरी ::गुती बस...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread
षोडश विश्राम


मुनिबाट सुनेर त्यो सब
पसिनाको परिपाकगौरव।
कवि जाँगरिलो हुँदै गये
अमिरी जीवनमा घृणा लिये।।


यहाँ यै चौकीमा कठिन तपको जीर्ण पगरी
गुती बस्ताबस्तै नियतिवश त्यो दृष्टि त्यसरी।
पुग्यो माथी माथी, विधिनियम हेर्यो, तल झर्यो
पर्यो अर्कै छाया, सकल धमिलो संशय मर्यो।।


चलेथ्यो यो मेरो नयन जसरी त्यै किसिमले
जगत् सारा हेर्दै चरम गिरिपारी रवि चले।
रह्यो केही वेला तुहिनगिरिका उच्च शिरमा
उपर्ना झैं रातो दिवसकरको कान्तिगरिमा।।


चरा, गाई, ग्वाला, कृषकहरु साऽऽनन्द सुरमा
सबै फर्के, लर्क्यो भुवनभर अर्कै मधुरिमा।
निशाले तत्कालै तल तल तमोरूप कबरी
लतारी ताराका कुसुमकलि उन्दै शिरभरी।।


नवीना त्यो श्यामा सरस ललिताऽऽकार रजनी
सबैमाथी गर्थी प्रणयसुखको पूर्ण पजनी।
तमासा त्यो देखी उदयगिरि हाँस्यो अलि अलि
फुक्यो जस्ले गर्दा विषयसुखको मञ्जुल कलि।।