This page has not been proofread
१२
मलाई यस्तो होस्, पछि म गरुँला पूजन भनी
कुनै थाले गर्न भ्रमवश कठै भाकल पनि।
पुग्यो उस्को इच्छा विधिवश, म दाता हुन गयें
गर्यो पूजा भारी, मुसुमुसु म हाँसेर उभियें।।
१३
कुनै च्याङ्ग्रा, बोका प्रभृति पशु रेट्थे बलि भनी
कसैले टक्र्याये मकन खुकुराका फुल पनि।
कसैले घोप्ट्याये हरकिसिमको मद्य पदमा
म जो देख्दा डुब्थें अति कठिन भित्री विपदमा।।
१४
कसैले भूमे हुन् भनि मकन माने, बलि दिये
कसैले पूजामा विकट वनदैवी पद दिये।
कसैले वाराही भनि हृदयले पूजित भयें
कसैका आँखामा अति जहरिलो नाग म थियें।।