Jump to content

Page:Tarun tapasi.pdf/81

From Nepali Proofreaders
Revision as of 20:55, 9 April 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "{{c|{{larger|'''द्वादश विश्राम'''}}}} {{start center block}} <poem> {{pcn|१}} कविजी प्रिय शिष्य झैं बनी ::कर जोडेर सबै कुरा सुनी। अलमल्ल थिये अली छिन ::फिर बोले तपसी तपोवन।। {{pcn|२}} धमीलो त्यै पैसाविषयक कडा तर्क मनमा ::घुमेक...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread
द्वादश विश्राम


कविजी प्रिय शिष्य झैं बनी
कर जोडेर सबै कुरा सुनी।
अलमल्ल थिये अली छिन
फिर बोले तपसी तपोवन।।


धमीलो त्यै पैसाविषयक कडा तर्क मनमा
घुमेकै मौकामा ऋतु पनि घुमे क्यै भुवनमा।
खडा भो वर्षाको समय, फिर त्यो कृष्णरजनी
अँध्यारो औँसीको, घनपटलले गुम्फित पनि।।


न वा आकाशैमा निविड तम उम्रीकन बस्यो
न वा त्यो आकाशै तमजलधिमा गैकन पस्यो।
मसीमा चोबिन् वा प्रकृतिजननीले गगन यो
बिलायो वैषम्यस्थिति, सकल एकाम्मय भयो।।


दुवै आँखा चिम्ली म पनि बहुधा त्यो बखतमा
रहन्थें वा खेल्थें हृदयगत अन्तर्जगतमा।
खुल्यो सुस्तै मेरो पलक, नगिचैमा अलिअलि
कुनै सानू देखें किरणकणिकाको पिलिपिली।।


तमासा यो क्या हो? कुन चटक यो नेत्रपुटमा
पर्यो कस्ले फाल्यो किरणमय झिल्को निकटमा?
भनी हेर्दाहेर्दै निविड तम चिर्दै चरचरी
उडेको भेट्टायें चटुलगति सानू जुनकिरी।।