Jump to content

Page:Tarun tapasi.pdf/74

From Nepali Proofreaders
Revision as of 20:40, 9 April 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "{{c|{{larger|'''एकादश विश्राम'''}}}} {{start center block}} <poem> {{pcn|१}} भरिलो मुखचन्द्रमाधुरी ::धमिल्याई उस तर्कले गरी। अलि बेर चुपै रहे मुनि ::पछि निस्क्यो अनि शीतल ध्वनि।। {{pcn|२}} कठै यस्तै यस्ता हृदयदहमा तर्कलहरी...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread
एकादश विश्राम


भरिलो मुखचन्द्रमाधुरी
धमिल्याई उस तर्कले गरी।
अलि बेर चुपै रहे मुनि
पछि निस्क्यो अनि शीतल ध्वनि।।


कठै यस्तै यस्ता हृदयदहमा तर्कलहरी
चलेकै वेलामा मनुजहरु आई थरिथरी।
लुछे, लाछे, तोडे भरसक सबै लर्कन जति
नराखी त्यो मेरो मधुर पगरीको छतिपति।।


झटारो वा साटो, लगुड, झिँगटी, पत्थर, छडी
ममा जो वर्षाये अबुझ बटुवाले उस घडी।
त्यसैले गर्दा त्यो निरुपम जटामण्डल पनि
बनीहाल्यो मेरो सकल चकनाचूर छुकुनी।।


कुनै ती हल्लन्थे शिर सब थिची झयाँकुसि गरी
कुनै हान्थे, तान्थे, करकिशलयच्छेदन गरी।
कसैले मर्काये भरसक निमोठी परपरी
बिपत्ता भैहाल्यो प्रकृतिकरुणाप्राप्त पगरी।।


म त्यो चौरस्तामा जुन थकित लाखौं पथिकको
सदा माला फेर्थें परम हित वा शान्तिसुखको।
उनैको देख्दा मैउपर सब त्यो बन्दरपना
अली क्यै मैलो भो कठिन तपको सिद्धिसपना।।