This page has not been proofread
३०
यती भन्दा भन्दै क्षणभर भयो मूर्छित चरो
शिकारी के सम्झोस् कपटपटु त्यो मूर्ख बिचरो।
दियो उस्ले उल्टो झटपट पुरस्कार मरण
बनिन् माता पृथ्वी उस विहगको अन्त्यशरण।।
३१
व्यथित विहगको त्यो आर्त चीत्कारभित्र
उस बखत फुरेका वाक्य साह्रै पवित्र।
कठिनसित बताई बर्बरी आँशु झारी
मुनिमन पुगिहाल्यो यो महासिन्धु पारी।।