Jump to content

Page:Tarun tapasi.pdf/42

From Nepali Proofreaders
Revision as of 19:51, 9 April 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|२४}} व्यथाको जो ज्वाला विकल उस चीत्काररवमा ::थियो, त्यस्को थोरै असर दुनियाँको हृदयमा। हुँदो हो ता, कालो धरणितल कैलाससदन ::बनीजान्थ्यो, लोभी मनुज पनि हुन्थ्यो त्...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

२४
व्यथाको जो ज्वाला विकल उस चीत्काररवमा
थियो, त्यस्को थोरै असर दुनियाँको हृदयमा।
हुँदो हो ता, कालो धरणितल कैलाससदन
बनीजान्थ्यो, लोभी मनुज पनि हुन्थ्यो त्रिनयन।।

२५
चरीको त्यो 'चीं चीं' मय रुदन वा क्रन्दन कडा
थियो जान्नेलाई अमरकृत विद्यालय खडा।
नसम्झी यो केही अबुझ शठले भित्र मनमा
चरीलाई पक्ड्यो शिव शिव तुरुन्तै जमिनमा।।

२६
निभ्यो साह्रै राम्रो अमरपुरको दीप छिनमा
गिर्यो कालो पर्दा भयचकित मेरा नयनमा।
चरीको 'चीं चीं' मा उस बखत मैले जुन कुरा
सुनेथें, त्यो सुन्दा तिमि पनि हुनेछौ अधमरा।।

२७
हुन त बहुत सानू किन्तु गम्भीर भारी
विहगवधकहानी कष्टले त्यो उतारी।
अलि छिन तपसीले अश्रुधारा बगाये
नयनयुगल फेरी शून्यमा नै लगाये।।