६
तपस्याको अग्लो भवनबिच चढ्ने असजिला
कडा दैवी बाधामय अति नराम्रा खुडकिला।
सबै नाघें, देखें नगिच नगिचै लक्ष्यपरिधि
भयो जस्ले गर्दा बहुत हलुका जीवनविधि।।
७
त्यहाँदेखी झन् झन् डबल गतिले कत्ति नअडी
ममा बढ्दै आयो तरुण वय, शोभा हरघडी।
मुटूको कम्जोरी, भय, शिथिलता, संशय उड्यो
जगत्को कल्याणव्रतविषयमा साहस बढ्यो।।
८
सबै आऊन्, पाऊन् प्रणयसुखद्वारा हृदयको
कसैलाई मेरो नगिच नरहोस् नाम भयको।
म भन्थें झुम्मिन्थे पथिक सब, राती तर तिनी
नबस्नाले हुन्थें मन मन अली खिन्न म पनि।।
९
म मौनी, एकाकी, प्रिय घरवटी, आश्रम खुला
चुलोचम्को लाई खचित नगिचै लाखन शिला।
उता मीठो पानी, सब तरहले वास सजिलो
थियो, अग्लो होचो जमिन, तर सुत्ता असजिलो।।
१०
त्यसैले हो यद्वा अविदित कुनै कार्यवश हो
दयाले नै हो वा अरु अरु कुनै स्वार्थवश हो।
नजाने केले हो? अलि दिनपछी ग्राम्यजनको
ठुलो धारो लाग्यो तह वितह हेर्दै जमिनको।।
११
खनी ढुङ्गा माटो कमरतक मेरो सब पुरी
चिने चौकी चाक्लो उपर छपनीले सम गरी।
म त्यो चौकीमाथी झलमल बनें गोल गजुर
कठै गर्थ्यो तल्लो हर तर तलैबाट उजुर।।
Page:Tarun tapasi.pdf/38
Appearance
This page has not been proofread
