Jump to content

Page:Tarun tapasi.pdf/33

From Nepali Proofreaders
Revision as of 19:38, 9 April 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|६}} बसेको बाटोमा गुठिल गठरीसाथ धनको ::फसेको फन्दामा कुटिल कपटी दस्युजनको। कठै कोही निर्धो विकल बटुवा झैं म बिचरा ::भयें त्यो पिट्टाले हल न चल यद्वा अधमरा।। {{pcn|७}}...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread


बसेको बाटोमा गुठिल गठरीसाथ धनको
फसेको फन्दामा कुटिल कपटी दस्युजनको।
कठै कोही निर्धो विकल बटुवा झैं म बिचरा
भयें त्यो पिट्टाले हल न चल यद्वा अधमरा।।


चुहाई दिग्दारीसित मलिन आँशू तपतपी
कठै त्यो पिट्टाको कठिन पिरबाधा सब खपी।
म रुन्थें; साथैमा दिन पनि अँध्यारो मुख गरी
सधैं रुन्थ्यो मेरो अनुकरण गर्दै धरधरी।।


कडा त्यो ठण्डीले सकल मुटुको ताकत जति
चुसीहाल्यो, थाल्यो विवश दुनियाँ खुम्चिन अति।
बिदा भैगो मानू उपचयकला विश्वभरको
म जस्ता नङ्गाको उस बखत गर्ने खबर को?।।