This page has not been proofread
४
खुले उद्योगीका शुभ दिवस जस्तै दश दिशा
निशाभन्दा राम्रा दिवस, दिनभन्दा अझ निशा।
शरत्को शोभाले सब मलिनता दोष दबियो
अहा द्यावापृथ्वीमय भुवन यो कञ्चन भयो।।
५
तपस्याको छाया भुवनभर पारेर सबमा
बढूँ सुस्तै सुस्तै, पर पर चढूँ नील नभमा।
म भन्थें त्यो वेला पलपल ठुलो साहस धरी
बिचैमा चौतर्फी पशु धुरिन आये गरगरी।।
६
कहाँ मेरो त्यस्तो तपनियमको सिद्धिसपना
कहाँ छोटा पेटू अधम पशुको त्यो पशुपना।
शिँगौरी खेल्दै ती निहुँपिहुँ झिकी लाखन थरी
निशाना मैलाई गरि खनिन आये वरिपरि।।