यति वचनसाध ती नृप गए डुली क्यै पर ।
विचार मनमा यही चलिरह्यो तिमी मोहिनी ॥
सुवर्णकन वास छन्, झलक दिव्य हीराकन ।
प्रसून वनलाइ छन्, अनि कबेरकी छन् घन ॥
(९०)
घरा पनि घनी बनिन् यति शकुन्तलाले गरी ।
सबै शहर शून्य छन् वन छ दिव्यताले भरी ॥
अहा ! मृदुल चाँदनीसरि अनन्त राम्री बनी ।
कतातिर म पाउँला दिनदिनै पला नै गनी ॥
(९१)
न लोभ न छ लालसामा विपिनको हरा राज्यमा ।
कबेरनगरीसरी प्रथम सिर्जनाको पुरी ॥
महीरुह अनेकको शवल भ्रातृताले गरी ।
छ सुन्दर फुली वनै पुग सुवर्णको माघुरी ॥
(९२)
प्रवाह गहना लिनै, मधुर फुट्छ पन्ना जहाँ ।
हरा कर अनेकमा क्रतु वसन्तका केशमा ॥
छ नृत्य रँग तुष्टिले मधुरमा हरा जीवन ।
यि भावहरु छन् यहाँ क्रृषि रमाउने मोहन ॥
(९३)
सुवासहरुले यिनै सकल सभ्यता जन्मिए ।
परी कसुम नाच्दछन् जुन कला बनी फैलिए ॥
हरा प्रकृति हाँस्दछिन् मधुर छन् सबैका दिल ।
मही मधुप पढ्दछन् मघुर वेद क्या मञ्जुल ॥
(९४)
अनेक त्रतृ आउँदै नव प्रभावले छाउँछन् ।
चराहरु करा गरी खबर स्वर्गका ल्याउँछन् ॥
घरा पनि प्रशस्त छन् मित छ चाहना, शीतल ।
कटीहरु भंडार छन् सकल ज्ञानका मञ्जुल ॥
(९५)
Page:Shakuntala.pdf/189
Appearance
This page has not been proofread
