Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/108

From Nepali Proofreaders
Revision as of 15:18, 5 May 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "{{c|{{larger|'''सान्त्वना'''}}}} {{start center block}} <poem> {{pcn|(१)}} हे देवी ! मातृभाषा ! यसरि किन तिमी गर्दछ्यौ घोर शोक बिन्ती मेरो छ तिम्रा चरणकमलमा, शोकको वेग रोक । जत्ति देखाउँछ्यौ त्यो मसित तिमि यहाँ आफनू दर्द ब...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread
सान्त्वना

(१)
हे देवी ! मातृभाषा ! यसरि किन तिमी गर्दछ्यौ घोर शोक
बिन्ती मेरो छ तिम्रा चरणकमलमा, शोकको वेग रोक ।
जत्ति देखाउँछ्यौ त्यो मसित तिमि यहाँ आफनू दर्द बाधा
उत्ती काटिन्छ मेरो हृदय जिउ सबै हुन्छ तत्काल आधा ॥

(२)
हामी हौँ गोरखाली सकल, तिमि पनी गोरखा-मातृभाषा
तिम्रो हाम्रो बिछट्टै दृढ मिलन भएको छ सम्बन्ध खासा ।
मर्यादा फालि तिम्रो भुवनभर कतै छैन कल्याण हाम्रो
जानेको छू सबै यो, तर विधिगतिले पर्न आयो नराम्रो ॥

(३)
मौकामा मातृभाषा-उपर जति-जति गर्दछौँ हामि हेला
उत्ती पर्छौँ पछाडी जटिल विपदको सामने गैह्र फेला ।
चाँडै तातौँ सुधारौँ सकल जन मिली आफनू पाठयशैली
भन्ने यो मेल हामीहरुसित नहुँदा देखियो देवि ! मैली ॥