Jump to content

Page:Shakuntala.pdf/185

From Nepali Proofreaders
This page has not been proofread

राम्रा नव्य प्रवालका रँग मुना रेखा मिलेका मिही ।
चिल्ला चित्त खिँचीलिने चपलता चम्काउने चारुता ॥
बोलीतुल्य विकासशील मनमा नलाग्ने मुनाका अघि ।
भन्थे "बोलन बोल हे अघरहो ! के भन्दछिन्‌ हृद्छवि ॥"
(७०)

देख्दा ती नृपको दशा विपिनमा सासैपिछे सम्झना ।
रोएफी मनमा मलीनपनले डेरा लिएकी दशा-
लाई आज भूलाउने छ बढिया भन्ने ठट्यौली सँगी ।
सोची घेर उपाय भर्तुहरिको दृष्टान्त पाईकन ॥
पौल्टाभित्र मकै लिईकन बजा हाल्दो रुँदै बस्तछ ।
बूढो घुँक्क गरेर 'सुँक्क' सँगमा आँखा भिजाईकन ॥
(७१)

आएको नृप देख्छ त्यो निकटमा "बाबा मरेँ नी उह !
छाती पोल्दछ बिभ्छ हाय ! मुदु नै बेथा कहाँ यो कहुँ ॥"
भन्दै विकृत चेहरासित बसी आँखा चुहाईकन ।
घाराले पनि नाटकीय नृपमा आफ्नो दशा-दर्शन ॥
दैखाईकन भन्छ "लौन म मरेँ यो भित्रको कष्टले ।"
"के भो के ?" भनि सोद्धछन्‌ नृपतिले "के पिर्छ के दुष्टले ॥
(७२)

भो भो हाय नबोल दौंतरि ! तिमी पोल्यो नि पोल्यो मुदु ।
फूलै बन्दछ, गन्ध जल्छ, रँगले डस्छन्‌ हवा पोल्दछ ॥
जूनै अन भयो मसी निषि भयो कालो वियोगी मसी ।
दुःख हन्छ समुद्र तैपनि कनै देख्दैन मेरो दशा ॥"
(७३)

"त्यस्तो दुःख भएछ ए ! नहुत नै पीडा भएझै गयौ ।
धोरै मात्र नताइदेउन सखे ! के वेदनामा पच्यौ ?"
भन्दै मुस्मुस हास्यसाथ नृपले सोद्धा उ भन्दो भयो ।
"दोटै अक्षर छन्‌ सुवर्ण रँगका छातीविषै सुन्दर ॥
जो देखेँ सन स्वर्गका विहग नै बोल्थे मिली सत्वर ।"
(७४)