Jump to content

Page:Shakuntala.pdf/181

From Nepali Proofreaders
This page has not been proofread

तर प्रेम सुगन्ध झै मिही ।
नहतै पत्र लिएर छोपिँदो ॥
तहमा कलिला फुकी फुकी ।
छ खुला नन्न असम्भवै हुँदो ॥
(४६)

भैवरा म बनेर आउँदै ।
यदि यो देह म पाउँ बद्लिन ॥
दुइ कानविषे सुनाउँथे ।
मधुरो प्रेम प्रशस्त भुन्भुन ॥
(४७)

जसको अघि मर्नु स्वर्ग छ ।
'न छु प्रेमी ? सब कल्पको भनी ॥
उनलाइ न प्रेम याद छ ।
जगतैको जुन प्रेमको धनी ॥
(४८)

बननादलबाट पुष्पको 1
मृदु शोभा बिजुली बने तिमी ॥
झललल्ल खुली मरुस्थल ।
म बनी चातक प्यूँद्थै सुधा ॥
(४९)

सपनाहरुमा मिहीसँग ।
यदि यो भाव घुसे दिई रँग ॥
बिउँझी विरही बुखीकन ।
अलि स्मृतिको फिका धन !
(५०)

अलि गुञ्जनसाथ प्रेमको ।
लिन टूनाहरुको कुनै सही ॥
अलि त्यो शिरको हिलाइले ।
कुसुमी ढब्ग लिँदी मनोहर ॥
महदार मुहारकी तिमी ।
यदि बोली नननी सही सरि ॥
(५१)