(८)
सुन्यौ सत्यका झैँ ठुलो यो जगत्मा ।
अरु छैन केही बुझील्यौ मनैमा ॥
सहज् स्वर्ग लाने धरम् सब बखतमा ।
गाईने हरिइचन्ट्रका झैँ सहजमा ॥
(९)
हे राजन्! सुनिलेउ सत्य महिमा विस्तार गर्छु यहाँ ।
सत्यैले गरि कीर्ति अन्त्य रहने जानीलिनू सब तहाँ ॥
धर्मे पूर्वक राज्य पालन सर्धे गर्थ ति राजा अनि ।
सन्तान् क्वै नहँदासँधै ति रहने अत्यन्त दिक्दार पनी ॥
(१०)
एकदिन सामुभयेर रानि नृषकी यो बिन्ति गर्छिन् तहाँ ।
दुःखीछौं महाराज हामि बहुतै संतान् नहुँदा महाँ ॥
सोध्नूहोस् गुरुका गएर सँगमा कुन् कर्मले यो घरी ।
छोरो जन्मन जान्छ पूर्वजुनिको सम्पूर्ण बाधा टरी ॥
(११)
सन्तानदेखि रहित् भएर रहँदा भन्छन् अपुत्री भनी ।
मर्दामा पनि पिण्डपानि नमिली छुट्नेछ स्वर्ग पनि ॥
यस्तै धेर विलाप् गरेर दुखि भै रोइन् ति रानी अनि ।
संझारडकन रानिलाइ सब बात् उठे ति राजा पनि ॥
Page:Satya harihschandra katha.pdf/6
Appearance
This page has not been proofread
