This page has not been proofread
जसरी तटमा बसी कुनै ।
तब देख्छन् विधु नै कणा कणा ॥
सन सैकतका भरी भरी ।
गहमा आँसु लिई चकोरले ॥
म छु हेर ! उसै गरी सदा ।
वनको छेउ हरा पयोधिमा ॥
कसुमादिहरू सबै तिमी-
सरि देख्ने विधु झै शकुन्तला ॥
(२९)
सपनातारे चट्ट झल्किई ।
रसवाली मनको मुहारमा ॥
अन हाय कता रह्यौ तिमी ।
म तृषानिम्ति वियोगभारमा ॥
(३०)
क्षण नै गन्हुँका बनी गए ।
अति ढीला नरमाइला पला ॥
कति सुस्त विषाद हिँड्दछ ।
समयै नन्द्छ क्रुर लब्डो ॥
(३१)
दिलले दिलसाध पोख्र्नको ।
रहरैमा जलभित्रभित्रको ॥
वन हेर ! खिजाउँदै धप्यो ।
नव प्ृक्षघार प्रसूनपत्रमा ॥
(३२)
रसिली कलिली प्रभामुखी ।
हँसिली वन्य कलि प्रवातमा ॥
खँदिली सपना सुशिल्पित ।
विघुकी खण्ड लुक्यौ कर्हा कहाँ ?
(3३)