This page has not been proofread
रवि-बिम्बको तनु-रेखिता ।
अलि धघप्किँदो सुनको फिता ॥
घन टुक्रिँदा मृदु-खण्ड ली ।
रँग पाउँछन् हेंसिला यता ॥
छवि छिर्दछे जल सूतमा ।
कण बाफका रँगेए उता ६
मृदु सर्सरे नखरी नने ।
पुलका प्रशस्त नयाँ मुना ॥
सपनासरी सन प्रेमको ।
अब देखियो सब सिर्जना ॥
रँग नद्लिंदो छ मिही जहाँ ।
पतला गनेर विचित्रमा ॥
अलि शुम्रतातिर ढल्किँदो ।
अलि चर्किदो घन-पत्रमा ॥
(४३)
तब भन्दछिन् वनकी सुता ।
मृद-भाषिणी मृगमा यता ॥
"अन देख्दछस् सपना अहा !
कुन शाब्दको छ यहाँ पता ?
कुन शब्दले दिन यो खुल्यो ?
कुन शब्दका रँग रेखिए ?
मुख दिव्यको सरि तिर्सना ।
यस शान्दको मुद॒ कै नता ?”
(४४)
यति भै सबेर चरासँग।
वन-घधोगिती स्वरले उढी॥
अब आउँछन् सखि तीन ती ।
उनलाइ भेट्न भनी त्यहाँ ॥
(४४)
“छ त रात यो मन खल्बले ।
छ तरङ्गको छवि झल्मले ॥
सस