Jump to content

Page:Ek chihan.pdf/72

From Nepali Proofreaders
Revision as of 08:00, 10 April 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "हाँस्तै नानीथकुंको चिउँडो समातेर रञ्जनादेवीले फेरि भनिन्- "लाटी ! मलाई थाहा छैन भन्ठानेकी ? त्यसै काम नपाएर तिमीलाई बोलाई मैले पनि लामो कुरा गरिरहेकी हुँ र ?" नानीथकुं फेरि मौन हुन ल...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

हाँस्तै नानीथकुंको चिउँडो समातेर रञ्जनादेवीले फेरि भनिन्- "लाटी ! मलाई थाहा छैन भन्ठानेकी ? त्यसै काम नपाएर तिमीलाई बोलाई मैले पनि लामो कुरा गरिरहेकी हुँ र ?"

नानीथकुं फेरि मौन हुन लागेकी देखेर रञ्जनादेवी फेरि बोलिन्- "डाक्टरसाहेबसित तिमी फस्नाले मलाई वास्तवमा केही पनि नोक्सान छैन नानीथकुं ! फस्छ्यौ त तिमी नै फस्छ्यौ, तिम्रो जिन्दगी फस्छ, अनेक सुख पाउन सक्ने तिम्रो भविष्य फस्छ ।"

नानीथकुं फेरि अगिजस्तै सालिक हुन थालिन् । अन्तमा रञ्जनादेवीले भनिन्- "जाऊ, मैले तिम्रो धेरै समय लिइदिएँ । मैले भनेको कुरा कत्तिको ठीक-बेठीक छ, एक चोटि ठन्डा मगजले विचार गर्नू । भरे सुत्ता पनि खुब गुनेर हेर्नू । ठीक लागे तिमीलाई नै सुख हुन्छ, बेठीक लागे तिम्रो दशा बिग्रेको म सकुँला । तर नानीथकुं ! म फेरि एक चोटि भन्छु खुब होस गर्नू है नारीको मूल्य सम्झेर, लौ जाऊ । खुब गहिरिएर सोच ।"

नानीथकुं रातो मुख लाएर सरासर गइन् ।