Jump to content

Page:Buddhi binod.pdf/9

From Nepali Proofreaders
Revision as of 08:35, 17 April 2025 by Prty (talk | contribs) (Proofread)
This page has been proofread

जमाइ साम्राज्य बसी नृपाऽऽसन
प्रजा खुशी पारि हुकूम् चलाउन ।
चटक्क छोडी किन ती पसे वन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥२९॥

चुनेर जम्मा गरि कामिनी जन
असीम आनन्द लुटी लिनाकन ।
शुकादिको चित्त गएन हो किन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥३०॥

कलत्र पुत्राऽऽदि सबै वरीपरी
लगाइ घेरा गफले जुलुम् गरी ।
शुकाऽऽदिले काल नफालनू किन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥३१॥

असत्य संसार सदैव देखिने
छ सत्य जो सो कहिल्यै नदेखिने ।
विचित्र उल्टो परिपञ्च यो किन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥३२॥

कहाँ छ वैकुण्ठ कहाँ छ रौरव
विचार को गर्दछ कर्मको सब ।
यथार्थमा तत्त्व छ शास्त्रको कुन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥३३॥