This page has not been proofread
चेतनको यो ज्योतिहिरण्य,
उसको शिरको ताज ।
शरीरको यो सुन्दर मन्दिर,
विश्वक्षेत्रको माझ ।
भित्र छ ईश्वर बाहिर आँखा,
खोजी हिँडछौ कुन पुर?
ईश्वर बस्तछ गहिराइमा,
सतह बहन्छौ कति दूर?
खोजी गर्छौ? हृदय उगाऊ,
बत्ति बाली तेज प्रचुर ।
साथी यात्री ! बीच सडकमा,
ईश्वर हिँडछ साथ
चुम्दछ ईश्वर काम सुनौला
गरिरहेको हात
छुन्छ तिलस्मी करले उसले,
सेवकहरूको माथ।
सडक किनारा गाउँछ ईश्वर,
चराहरूको तानामा
बोल्दछ ईश्वर मानिसहरूको
पीडा, दु:खको गानामा