This page has not been proofread
बिचारको तार चढ्यो जती जती
मलाइ आश्चर्य बढ्यो उती उती ॥
न शक्तछू तर्कन वा न फर्कन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
७२
अखण्ड त्यो वास कहाँ महोज्ज्वल !
कहाँ भली-भण्ड समुद्र यो तल ॥
भयेछ कस्तो कुन उग्र भर्मन ?
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
७३
प्रकाशको केन्द्र महेन्द्र धामको
प्रणम्य, वासस्थल रम्य रामको ॥
स्वरूप-सिंहासन त्यो म भुल्दिन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
७४
वहाँ न गाढा ‘त म’ को कुनै तम,
न मोह माया न विरोध विश्रम ॥
न आश या त्रास, न भास, भर्मन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
७५