Jump to content

Page:Buddhibinodko pahila binod.pdf/6

From Nepali Proofreaders
Revision as of 09:41, 17 April 2025 by Rbn (talk | contribs)
This page has not been proofread

गरेको छु । यसमा पाठकवर्गको अभिरुचि भयो भने अरू विनोद पनि चाँडै नै पाउनुहुनेछ।

हुन ता अध्यात्मविद्याको निगूढतम सिद्धान्तसँग सम्बन्ध राखने यो सप्तप्रश्नात्मक विषयमा कलम बढाउनू म जस्तो सामान्य मानिसका निंति उपहासकै विषय हो, तथापि 'न भ: पतन्त्यात्मसमं पतत्रिण:' भन्ने उक्तिको अनुसार यत्किञ्चित् धृष्टता गरी मैले लेखेका सात विनोद-मध्येको कुनै विनोदको एक श्लोकले पनि अध्यात्मप्रेमी कुनै पाठकवर्गको यत्किञ्चित् बुद्धिविनोद गर्न शक्यो भने म आफनू तुच्छ विनोदको पर्ण सार्थकता संझी

‘सूक्तीनांप्रतिभानाञ्च मञ्जरीणाञ्च जृम्भितम
नवमेव मनोहारि नारीणामिव यौवनम् ॥'

भन्ने क्षेमेन्द्रको उक्तिअनुसार अरू लेख पनि पाठकवर्गका अगाडि उपस्थित गर्ने यत्न गर्नेछु इत्यलम् ।

विनीत
लेखनाथ

२००३ पौष १५ गते