जन्मको मुटु बल
नछोड् है यो हाम्रो ।
[७]
परीको शहर कैँ
बादल छैँ उँचा छ ।
ताज लाउने हिमाली
दक्षिणी पहरालाई
पन्नाले लर्केको
तादीमा भुजा छ ।
[८]
जुलनबाग ररेको
कूनलि रर्कर छ ।
नागिनी तादीले
पीर्तिले बेरेको
हिमालले हेरेको
क्या राम्रो शहर छ ।
[९]
नीर थुम्का हाँसेर
हेर है हेरेको
पहिलो किरणले
मीठो म्वाइँ गरेको
एक फुम्का बादल छ
उत्तरमा फरेको ।
इन्दरेनी रँग ज्यूदै
भुवामा परेको
[१०]
चरीको खलबलमा
गानाले सुर लिन्छ
पसि्मिना छातीले
ढुक्क्रले कुर्लिन्छ ।
तादीको इन्द्रेणी
पहाडमा उर्लिन्छ ।
[११]
गुण्डा हो त्यो तेरो
विन्ति ले यो मेरो,
एकछिनको भैवरो
भुनभुने नखरी ।
[१२]
'गोसाईथान बाटाको
छौरी-ठग लाटाको !
शहर पो के हुन्छ?
यस्तै घर माटाको !
[१३]
नोबल् है विन्ति ले
आमाको गिन्ती ले ।
के खन्छेस् खाल्डो है
दशाको खन्तीले ।
[१४]
म्हेन्दु हेर् हेलम्बो
सेर्पाको कोलुङ्गो ।
चाँदीको दरबार कै
सुन गजुर घरबार कैँ।
Page:Mhendu.pdf/11
Appearance
This page has not been proofread
