Jump to content

Page:Buddhibinodko pahila binod.pdf/24

From Nepali Proofreaders
Revision as of 16:29, 9 April 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> कहाँ थियो वास ? कठै |! कहाँ झरें ? कसो हुँदा भीषण सिन्धुमा परें ? भनी म लागें फिर वास संझन तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥ {{pcn|६८}} ‘नजा, नजा, त्यो परिपञ्चमा नेजा, म भित्र छू...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

कहाँ थियो वास ? कठै |! कहाँ झरें ?
कसो हुँदा भीषण सिन्धुमा परें ?
भनी म लागें फिर वास संझन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
६८

‘नजा, नजा, त्यो परिपञ्चमा नेजा,
म भित्र छू बाहिर छैन क्यै मजा” ॥
भनेर घन्क्यो फिर बाँशुरी घन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
६९

सुनेर यस्तो म फरक्क फर्कदा
कुतर्कको तार मरक्क मर्कदा ॥
झलक्क झल्क्यो चटकी अगंपन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
७०

दुरन्त त्यो भास दुरन्त जङ्गल
दुरन्त त्यो सागर दु:ख सङ्कुल ॥
गडेर हेर्दा तँ सिवाय देखिन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
७१