Jump to content

Page:Buddhibinodko pahila binod.pdf/28

From Nepali Proofreaders
Revision as of 16:28, 9 April 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> अभाव हो वा अविकारि भाव हो, स्वभाव, यद्वा विभुको प्रभाव हो ॥ गरूँ म कस्तो कसरी निरूपण तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥ {{pcn|८४}} फलाम झैं चुम्बकले निरन्तर खिंचेर भित्री त...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

अभाव हो वा अविकारि भाव हो,
स्वभाव, यद्वा विभुको प्रभाव हो ॥
गरूँ म कस्तो कसरी निरूपण
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
८४

फलाम झैं चुम्बकले निरन्तर
खिंचेर भित्री तहको सबै सुर ॥
लिंदो छ मेरो उसले प्रतिक्षण
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
८५

“कहाँ थियो वास ?’ भनी अली गडी
विचार गर्दा बिचमा घडी घडी ॥
झुपूझुपू बन्द भयेछ लोचन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
८६

‘नजा, नजा, दुर्गम भावमा नजा,
मजा बुझी सात्विक शङ्ख यो बजा” ॥
भनेर घन्क्यो फिर बाँशुरी घन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
८७