Jump to content

Page:Buddhibinodko pahila binod.pdf/17

From Nepali Proofreaders
Revision as of 16:07, 9 April 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> “न जा, नजा दुस्तर भासमा न जा, म भित्र छु, बाहिर छैन क्यै मजा” ॥ भनेर बंशी बजदो छ पावन तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥ {{pcn|४०}} प्रपञ्च हो भास, कुवासना हिलो, तँ त्यो हिलामा...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

“न जा, नजा दुस्तर भासमा न जा,
म भित्र छु, बाहिर छैन क्यै मजा” ॥
भनेर बंशी बजदो छ पावन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
४०

प्रपञ्च हो भास, कुवासना हिलो,
तँ त्यो हिलामाथि ठुलो तिखो किलो ॥
बिलम्ब होला अब के बिलाउन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
४१

कुल, प्रतिष्ठा, गुण, मान, गौरव
ठुलो प्रपञ्चाऽऽत्मक भास हो सब ॥
शकिन्न सोझै यसबाट उत्रन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
४२

शिला गलामा अभिमानको कसी
खुसी हुँदै दुस्तर भासमा फसी ॥
हिलो हुँडल्ने अब फेरि के लिन ?
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
४३