Jump to content

Page:Buddhibinodko pahila binod.pdf/16

From Nepali Proofreaders
Revision as of 16:08, 9 April 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> प्रपञ्चको दुस्तर कर्मचक्रमा फसेर गर्दा गहिरो परिक्रमा ॥ छिया छिया हुन्छ अवश्य जीवन तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥ {{pcn|३६}} बढेर आयो भय मेघको घटा फुका फिंजार्यो तम...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

प्रपञ्चको दुस्तर कर्मचक्रमा
फसेर गर्दा गहिरो परिक्रमा ॥
छिया छिया हुन्छ अवश्य जीवन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
३६

बढेर आयो भय मेघको घटा
फुका फिंजार्यो तमले पनी लटा ॥
म देख्न छाडें रसिलो प्रभाकन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
३७

न साथमा उज्ज्वल दिव्य दीप छ
न वास बस्ती बिचमा समीप छ ॥
हुँदो छ सम्पूर्ण भबिष्य भीषण
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
३८

अहो !! खुला द्वार समान नर्कको
परेछ कालो भुमरी बितर्कको ॥
रनक्क लाग्यो फिर कान रन्कन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
३९