सम्सम खोल्दछु
. पहाड दरबारमा ।
डि]
“सत्य सुन्दरमा
ओर्ली बोलायो ।
जीवन जाद्की
किलमिल खोला यो ।
यसका किनारमा
क्या फूल मिलायो !
रि
“सूर्य परमेश्वर
माया चन्द्रमा ।
प्रेमको अँगालो
दिन्छन् उज्यालो
जीव छ च्याखुरा
सुन्दर आँखामा ।
प्रेमका गहना
फुल्छन् शाखामा ॥
रिणु
“ईश्वर बोलाउन
जल ली आँखामा ।
रङ्ग रूप बने
अक्षर भाखामा ॥
दिनका पत्र छन्
कालका शाखामा ।
यि]
“सिर्जन तत्त्वमा
हाम्रो भेद भयो !
दिलदिल बोलाउँदै
'मिलन' खोज्छ यो ।
ढुक्कुर कुर्लन्छन्
दिलले दिल डाकी ॥
प्रेमको हावामा
मिल्ने मन राखी ॥
रि९]
“ईश्वर मोहनी
पत्ती भन्नेले !
आफ्नै ठग्दछ
आफै सुन्नेले ॥
्०]
"बिजोग संजोग छन्
जाँच कै रङ्बिरङ् ।
सच्याइपाउँदछ
आफ्नो दिलको रङ्ग
[२१]
"तिम्लाई बोलाउन
हेर म आएँ !
मलाई बोलाउन
तिमी पठाए ॥
हाम्रो मिलनमा
स्वर्ग बनाए ।”
[ग्२]
सुन्छिन् म्हेन्द॒ ती
मीठो जुनमा ।
टोल्हाई आँखामा
जादू बनमा ।
Page:Mhendu.pdf/23
Appearance
This page has not been proofread
