Jump to content

Page:Mhendu.pdf/12

From Nepali Proofreaders
Revision as of 07:52, 17 April 2025 by Rbn (talk | contribs)
This page has not been proofread


[१५]
गोरो मुख सेर्पा छ ।
काम गर्ने खुर्पा छ।
सुनबाला घैयाँ छ ।
यसै नै मैयाँ छ ।

[१६]
दूध फल्छ मकैमा ।
जुँगालाई ओठेमा।
गाना कै सरबर छ
घाँस हाम्रो डोकैमा
सुनमा चाँदी फूल ।
मकैको बटा छ।
भेडाको उनमा ।
न्यानो नीद लट्ट छ।

[१७]
बुलबुले बट्को
ओठमा ढल्किन्छ !
पहाडको रक्सीमा
रम रम मन पल्किन्छ !
हिमालको तल चुली ।
आँखामा फल्कन्छ !

[१८]
फूल नाच्छे बारीमा
हावाको कोक्कैमा !
सुनगाभा जिउ तेरो ।
स्वर्ग छ ढोकैमा।
अमृत छ भोकैमा !

[१९]
हाम्रो त्याँ जाल छैन
किल्मिली माल छैन
बाङ्रोको चाल छैन ।

[२०]
पहाडको हिउँगोरी
लालगाले हे छोरी !
म्हेन्द॒ ! सुन्‌ तँ नजा
गुण्डाको घरमा !
असर्फी नभजा !"

[२१]
सुन्दछिन्‌ म्हेन्दुले
बादलको इन्द्ले
क्रङ्गी लमकोसे
प्रम कैं गोल विन्दुले
2 9८ ३

[२२]
सिरुपाते खुकुरी
तेर्सीमा भिरेको
'मखमलको इस्टकोट
लहर टाँक जडेको !
उनको कम्बरमा
पटुका बेरेको
दौराको लामो फेर
घुँडामा फरेको ।
गलबन्दी भेडाको
फेटा कैँ गतेको ।
आँखाको कन्चट हाड
गालामा उठेको