Jump to content

Page:Mhendu.pdf/8

From Nepali Proofreaders
Revision as of 16:08, 16 April 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> आशा पखेरु ::नव स्वर लिन्छन्‌ ॥ {{pcn|[१०]}} यी हुन्‌ 'म्हेन्द॒' ::गिरिकी शोभा । सुरपुरबाटै ::फर्छिन्‌ हो वा ? {{pcn|[११]}} सुषमा रानी ::स्वर्ग बयानी । सुनकेसी यी ::फूलकी खानी ॥ {{pcn|[१...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

आशा पखेरु
नव स्वर लिन्छन्‌ ॥

[१०]
यी हुन्‌ 'म्हेन्द॒'
गिरिकी शोभा ।
सुरपुरबाटै
फर्छिन्‌ हो वा ?

[११]
सुषमा रानी
स्वर्ग बयानी ।
सुनकेसी यी
फूलकी खानी ॥

[१२]
तुहिन वदनमा
जीवन लाली ।
फुल्दी तनमा
बास्ना हाली ॥

[१३]
गिरिशिर बाली
खगस्वर ताली-
सँग यी कुल्छन्‌
डाली डाली ॥

[१४]
हँसमुख राम्री
जिउ सब फुलफूल ।
तिनले पर्ने
लिन्‌ गह लच जल ॥

[१५]
तर पर पर छन्‌
युग युग सब पल ।
किन यति निठुरी
मुख त्यति कोमल !

[१६]
नरमपनामा
मोती टलपल ।
निठुरपनामा
कण्टक विह्वल ॥

[१७]
हृदय छ मेरो
निशिदिन खलबल ।
परमुख बन्दा
शिखर समुज्ज्वल ॥

[१८]
जब ती उषा
जस्ती रलमल
बोल्छिन्‌ नाला
स्वरमा कल्कल ॥

[१९]
पत्थर सुन्दर
बोल्छन्‌ “जलजल !"
हाँसो चोरी
रूषा कलमल ॥

[२०]
हेरी चाला
मीठा चञ्चल ।