This page has not been proofread
पहाड, तराई यहीँ छन्, लेक, बेँसी यहीँ छन्
युरोप, अमेरिका यहीँ छन्, चीन, जापान यहीँं छन्
हिन्दुस्थान, पाकिस्तान, साधु, हिप्पी यहीँ छन्
सहर त दशहरामा जोगी–तरकारी पाके झैँ लाग्छ
(१७)
पुरुषको पुरुषार्थ साह्रो हुन्छ, नारीको भावना कोमल हुन्छ
बच्चा बोक्नेलाई बन्दुक बोकाउनु बेकारको काम हुन्छ
नारी र पुरुषले हर क्षेत्रमा समान काम गर्ने थालेको देख्दा
असारको पन्ध्र कहतारोमा दही–च्यूरा मुछे झैँ लाग्छ
(१८)
बुहारीले घरधन्धा गर्छ म बोझो चुसेर बसुँला
छोरोले कमाएर ल्याउँछ म तमाखु खाएर लेटुँला
आमा बाबुले (सपनामा) कल्पना गरेको देख्दा
गुरुपूर्णेमा लोभी गुरुले र्याल चुहाए झैँ लाग्छ
(१९)
मेचमा रहँदा एउटा कुरा, खुस्क्यो अर्कै कुरा
कतै नबिक्ने सेनामेना पछि लगायो भरा
के भाषण ! के वक्तव्य ! के नेता ! के नेतृत्व !
गठेमङ्गल साँझमा आजाजुजे चिच्याए झैँ लाग्छ
(२०)