This page has not been proofread
"तपाईंको जो दया ! सुक्खा परेको हुनाले माफी दिनै पनि पर्ने !" अलि विनीत भावमा लतमायाले भनिन् ।
"हुन्छ त लौ, म यो कुरा पनि बिन्ती गरिदिनेछु । लौ त है म जाऊँ पनि, भोलि तान बोकाएर आउनेछु ।"
"हवस्, साँच्ची के कुरालाई आउनुभएको हो कुन्नि ? कुरैकुरामा सोध्न पनि भुसुक्क बिर्सेछु !"
"केही खास कुरा थिएन । एक जना मानिस भेट्न आएको थिएँ, यहाँसम्म आइसकेको हुनाले त्यसै पसेको ।’
‘लौ बस है, तिमीहरूलाई ऋण ख्वाउन आएजस्तो पो भयो ।’ भन्दै रामबहादुर सरासर हिँडे ।