Jump to content

Page:Bhikari.pdf/4

From Nepali Proofreaders
Revision as of 23:35, 26 January 2025 by Rbn (talk | contribs)
This page has not been proofread
प्रकाशकीय

महाकविका लोकप्रिय भैसकेका केही कबिता जम्मा पारेर ने. भा. प्र. समितिले यो पुस्तक तयार पारेको हो । रसको यति धनी भएर पनि यसलाई 'भिखारी' किन भनियो होला भन्नै तर्क धेरैले गर्छन्‌ । हामीले पनि गर्यौं । जबाफ हामीले पायौं महाकविकै शब्दमा-


कालो बादलबाट खसेको
अन्धकारमा भित्र बसेको
ईश्वर हो कि भिखारी ?
बोल्दछ ईश्वर हृदय घुसेको
घर, घर, आँगन चारी
बोल्दछ आर्तध्वनिमा बोल्दछ
करुणामृत दिल भारी
(पू. ३)

गयात्री', “चार”, '“घाँसी', 'सन्ध्या', 'बन' जस्ता कविताहरू झोलीमा हालेर ल्याउने 'भिखारी' चानचुने छैन । यस्ता भिखारी त, हामी भन्छौं-


......भरी हुन्
नेपाली यौ गगनमनि
(पू. ५२)


बि. सं. २०२६

कमल दीक्षित