Jump to content

Page:Bhikari.pdf/57

From Nepali Proofreaders
Revision as of 18:41, 24 January 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "<poem> शुक्रतारा ! सुन्दर हाम्रा ! नेपाली हे प्रथम ध्वनि ! यस्ता घाँसी युवक भरी हुन् नेपाली यो गगनमनि ।। भाषाको यो शैशव सुन्दर तोते बोली बधुर सुधा । बालकपनको मृदुल मसीनो सरल उज्यालो निर्म...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

शुक्रतारा ! सुन्दर हाम्रा !
नेपाली हे प्रथम ध्वनि !
यस्ता घाँसी युवक भरी हुन्
नेपाली यो गगनमनि ।।
भाषाको यो शैशव सुन्दर
तोते बोली बधुर सुधा ।
बालकपनको मृदुल मसीनो
सरल उज्यालो निर्मलता ।।
तिमीले बोल्यौ, बाहिरभन्दा
भित्र मिठास विशेष ।
ओर्लन फेरि, धेरै दिन भो
प्यासी भो अति देश ।।
जनभाषाका जन्मोत्सवको
निर्मल सुन्दर यो इतिहास ।
अहो ! उज्याली पृथिवी नहोलिन् ?
मधुर नहोला मधुमास ?