Jump to content

Page:Bhikari.pdf/54

From Nepali Proofreaders
Revision as of 18:39, 24 January 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "<big>'''घाँसी'''</big> <poem> सुन्दर युवक सुतेका रुखमनि थकित शिलाको तकियामा । यौटा घाँसी धार लगाई बसीरहेको हँसियामा ।। वनको मीठो गान घुसेको यौटाको मृदु सपनामा । यौटाको दिल स्वर्ग उडेको निर्मल ज...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

घाँसी

सुन्दर युवक सुतेका रुखमनि
थकित शिलाको तकियामा ।
यौटा घाँसी धार लगाई
बसीरहेको हँसियामा ।।
वनको मीठो गान घुसेको
यौटाको मृदु सपनामा ।
यौटाको दिल स्वर्ग उडेको
निर्मल जीवन बिपनामा ।।
बिउँझी सोध्छन् युवक उज्याला,
'के गर्छौ तिमी हे घाँसी ?'
बोल्दछ घाँसी, 'सामल केही
बटुलिरहेछु', मृदु हाँसी ।।
'कस्तो सामल ?' 'बाटो लाग्नु छ
एक अकेला दुनियाँमा ।
कोही छैनन् दिलमा झल्क्यो
हात खियाई हँसियामा ।।