This page has not been proofread
३३
चिसा ताता बत्ती क्रमसित भरीला दुइ थरी
घुमेका छन् मेरा उपर कुटिया उज्ज्वल गरी।
तिनैको त्यै लम्बा भ्रमणविधिमा त्राटक[1] गरी
बित्यो मेरो सारा तरुण वय ठाडै हरि हरि।।
३४
यति भनिकन लम्बा शास फेरेर फेरि
कवितिर अति तीखो नेत्रले खूब हेरी।
मुनिवर चुप लागे, लागिहाल्यो समाधि
जलधि अचल भैगो, के रहन्थ्यो उपाधि?।।
<references>
- ↑ कुनै वस्तुमा आँखा नचिम्ली टकटकी लगायेर हेरिरहने मुद्राको नाम हो– त्राटक ।