Jump to content

Page:Buddhi binod.pdf/6

From Nepali Proofreaders
Revision as of 15:40, 9 April 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> सबै सुखाऽऽस्वाद लिऊँ भनीकन प्रवृत्त लाखौंतिर भै रहेछन । तथापि देखिन्न सुखी कुनै किन ? तँलाइ मालुम् छ कि यो कुरा मन ? जहाँ दशै द्वार सधैं खुला छन अहो ! उही प्राण सम...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

सबै सुखाऽऽस्वाद लिऊँ भनीकन
प्रवृत्त लाखौंतिर भै रहेछन ।
तथापि देखिन्न सुखी कुनै किन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ?

जहाँ दशै द्वार सधैं खुला छन
अहो ! उही प्राण समीर भाजन ।
फुसूफुसू सास नसिद्धिनू किन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ?

हरेक गर्भाऽन्तरमा पसीकन
बराबरी बालक बालिकागण ।
बनाउने ती गणितज्ञ को हुन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ?

अनादि संसारविषे कुनै दिन
जताततै स्त्री जति शून्य भैकन ।
नजन्मनू केवल पूरुषै किन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ?

गुटूमुटू भैकन गर्भ-जालमा
बसी कठै ! अञ्जलि जोरि भालमा ।
कराउँदा बन्धुहरू थिए कुन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ?