Jump to content

Page:Buddhi binod.pdf/10

From Nepali Proofreaders
Revision as of 15:41, 9 April 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> प्रजा धरामा धरणी फणीशमा फणीश पानी-बिच पानी हो कहाँ ? मिलेन विश्रान्ति जवाब हो कुन ? तँलाइ मालुम् छ कि यो कुरा मन ? जमाउने सृष्टि सदा चतुर्मुख उडाउने शङ्कर सृष्टिको...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

प्रजा धरामा धरणी फणीशमा
फणीश पानी-बिच पानी हो कहाँ ?
मिलेन विश्रान्ति जवाब हो कुन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ?

जमाउने सृष्टि सदा चतुर्मुख
उडाउने शङ्कर सृष्टिको सुख ।
हुँदैन होला झगडा अहो ! किन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ?

जगद्-व्यवस्था जसको छ सम्मत
उनै स्वयं कृष्ण पराङ्गना-रत
कहाँ गयो उत्कट वेद-बन्धन
तँलाइ मालुम् छ कि यो कुरा मन ?

घसी खरानी शिरमा जटा धरी
श्मशानमा नित्य बनी दिगम्बरी
लडीरहेका शिव हो अहो ! किन
तँलाइ मालुम् छ कि यो कुरा मन ?

विलासिनी दिव्य अनन्त अप्सरा
छँदाछँदै यौवन-भार मन्थरा ।
फँसे अहिल्यासित इन्द्र गै किन
तँलाइ मालुम् छ कि यो कुरा मन ?