Jump to content

Page:Bhikari.pdf/38

From Nepali Proofreaders
Revision as of 18:29, 24 January 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "<poem> ९ आनन्दको एक कुटी छ झोपडी पुगिन्छ त्यस्मा शिर शैलको चढी। समीरको खेल खुला वीपरि अनन्त आकाश निलो शिरोपरि। १० अलग्ग, साधा र अनन्त बीचमा छ एक्लो, निर्झरको नजीकमा। यस्माथि तारा...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread


आनन्दको एक कुटी छ झोपडी
     पुगिन्छ त्यस्मा शिर शैलको चढी।
समीरको खेल खुला वीपरि
     अनन्त आकाश निलो शिरोपरि।

१०
अलग्ग, साधा र अनन्त बीचमा
     छ एक्लो, निर्झरको नजीकमा।
यस्माथि ताराहरु झल्मलाउँछन्
     शशी हँसीली यसमा उदाउँछिन्।

११
सन्ध्या यसलाइ सुन्दर
     पहाड, यी खेत बडा मनोहर।
आनन्दमा बस्दछु न्यानु घाममा
     अनन्त मिल्दछ अन्धकारमा।

१२
बिमान खासा मनको लिईकन
     म चन्द्र, तारा, पृथिवी घुमीकन।
विहारको मोज लुटी लुटीकन
     फर्कन्छु फेरी उहि रम्य आँगन।

१३
पाई हँसीलो अलमस्त यौवन
     छाती फुकाई, जलका ठुला कण।