Jump to content

Page:Ritubichar.pdf/77

From Nepali Proofreaders
Revision as of 21:09, 8 April 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with " जडेको छ जथाभावी अवीर पुरमा सब। लोकमा वीरकै हुन्छ प्रतिष्ठा, मान, गौरव।। ९७ वसन्ती रङ्गका वस्त्र पहिरीकन अङ्गमा। क्या मजाले डुबेको छ दुनियाँ रसरङ्गमा।। ९८ यो हो श्रीकृष्णलीलाको रश...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

जडेको छ जथाभावी अवीर पुरमा सब। लोकमा वीरकै हुन्छ प्रतिष्ठा, मान, गौरव।। ९७ वसन्ती रङ्गका वस्त्र पहिरीकन अङ्गमा। क्या मजाले डुबेको छ दुनियाँ रसरङ्गमा।। ९८ यो हो श्रीकृष्णलीलाको रश्मि यौटा पुरातन। प्रकाश जसको हामी लिंदै छौं अझ पावन।। ९९ पूर्णिमा तिथि हो आज पूर्ण भो शिशिरस्थिति। भोलि अवश्य देखिन्छ वसन्त मधुराऽऽकृति।। १०० सकल ऋतुविचार प्रेमका साथ हेरी गुण जति लिनुहोला दोषलाई नटेरी। भनि सकल गुणीका सामने भक्तिसाथ अतिशय झुकि बिन्ती गर्छ यो लेखनाथ।। १०१ ⬥इति शिशिर-विचार ⬥