This page has not been proofread
दैवी प्रकृतिको दिव्य प्रातःकालीन गौरव। हुस्सूरूप महामैला थैलामा बन्द भो सब।। २५ हुस्सू प्रकृतिको लामू गर्भाशयसमान छ। उसमा कर्मबाधाको सबैमा एक भान छ।। २६ दिशा यो विदिशा यो हो भन्ने भेद पनी गयो। मानू समसमाऽऽकार लयलीला खडा भयो।। २७ सबेरै देवकन्याले बढारी स्वर्गमन्दिर। फालेछन् कि यता मैलो हुस्सूरूप कसिङ्गर?।। २८ न मेघ हो, न हो पानी, न धुवाँ हो, न बाफ हो। बिहानै ढुस्सिने तेस्तो नजाने कुन पाप हो?।। २९ मैलो विषयतृष्णामा मुक्तिको महिमासरी। कुइरामा बिपत्ता भो श्रीसूर्योदयको घरी।। ३० निद्राले चेतनाजस्तै हुस्सूले दृष्टिको गति। साह्रै गुटूमुटू पार्यो देखिँदैन यताउति।। ३१ कुइरामा कठै काग घुम्छन् अन्योलमा परी। मायाले मुक्तिको मार्ग बिर्सेका विषयीसरी।। ३२ आधा हिलामा लत्रेको पद्मका फूलको सरी। कुइरामा दब्यो आधा दिनको कान्तिमाधुरी।। ३३