आफ्नो रङ्ग भरेर हेर दुनियाँ बैचित्र्यको रूपमा हाम्रो छैन बखत्, छ घुम्नु पसिना काढी सधैँ धृपमा ॥ (2 हाम्रा बादल भाउ अन्नहरुका ढुङ्गाहरू व्यर्थ छन् जस्लाई तिमि राख्तछथौ पटुकिमा तिम्रा ठुला अर्थ छन् । हाम्रा छन् पुतली सिँगान कपडा व्यापारका भझैलमा हाँस्छन् मानिस कोइली पछि हिंडे, छौं सभ्यता जेलमा ॥ ७ नारा रोदनका, तरङ्ग मनमा छन् भित्रका खाडिमा शिष्टाचार छ हाँसनू रुनु भने हिच्का दिई बाढिमा । खोक्रो लोचन घुम्छ हामिहरुको बोल्छौं खसाली, घसी भाईमाथि गरीब धाक, रङको चिन्ता छ हाम्रो बसी ॥ थ्व हामी छौँ सुख खोजमा, तिमिहरू आनन्द आफ्नो पनि नुझ्दैनौ तर खोज्दछौ धन भनी हामी बन्यौं निर्धनी । हल्का चित्त बनी अहा ! पुतलि झैँ बस्छौ गई फूलमा बोझो भै दिल हामि भार जगका छौं बिग्रिई भूलमा ॥ ९ हे प्यारा शिशु । फेरि बन्न म सके बन्ने थिएँ बालक 'केटाकेटि' भनून् बुझक्कड बुढा, मान्दीनँ केही धक । यो मीठो, रसिलो, खुला र हँसिलो यो मग्नमस्ती लिई छाडी दिन्छु म मोलतोल जगको वात्सल्यलाई लिई ॥
Page:Bhikari.pdf/32
Appearance