This page has not been proofread
दिने मेघ सर्यो माथि, लिने खोला बगे तल। दिने लिनेको प्रत्यक्ष देखियो भेद उज्ज्वल।। ४३ वर्षाउँदा अहो यौटा मेघले जल सम्पति। कुवा, खोला, नदी, नाला सबैमा छ समुन्नति।। ४४ लोक भन्छ पुग्यो पानी किन्तु मेघ खन्याउँछ। यस्तै व्यक्ति महादानी लोकमा कहलाउँछ।। ४५ पियारी बिजुलीलाई लोकले खींचदामहाँ। रिसायेको सरी मेघ गर्जंदै छ जहाँ तहाँ।। ४६ जथाभावी छरी पानी जुवाको हरुवासरी। धुम्मिन्छ छेउ लागेर कालो मेघ घरी घरी।। ४७ जाती पानी कतै छैन, बाढीले सब मैलियो। भलले कलिले तुल्य एकैछत्त गरीदियो।। ४८ मेघ दिन्छ सफा पानी माटाले धमिल्याउँछ। गुणलाई पनी मूर्ख दोषपूर्ण तुल्याउँछ।। ४९ धमिला भलका साथ माछा पनि बडे बडे। कलिको सङ्ग पायेका दुराचारसरी बढे।। ५० काला पहाडका सेता पानीमा छहरा छुटे। कृष्णका छातिमा मुक्ताहारको उपमा लुटे।। ५१