This page has not been proofread
अथ वर्षा-विचार ग्रीष्मको गरमीभित्र घुमी खायेर चक्कर। कविको लेखनी दौड्यो वर्षावर्णनखातिर।। १ प्रजाको हर्षका साथ जल वर्षा गरीकन। आईपुगी प्रिया वर्षा, वर्षतुल्य बने दिन।। २ समुद्र चिर्दै उत्रेका मत्त दिग्गजको छटा। झल्काई गर्जंदै निस्क्यो चौतर्फी घनको घटा।। ३ सुन्दा दिगन्तमा दूर मेघको धीर गर्जन। मानोमयूर उफ्रन्छ लोकको दङ्ग भैकन।। ४ छोडी क्षितिजको रेखा सुस्तसुस्तै उँभोतिर। मैनाकतुल्य त्यो कालो उठायो मेघले शिर।। ५ देखिन्छ नयनाऽऽनन्दी उसकी कान्तिमाधुरी। टलक्क टल्कने चिल्लो नाल पर्वतको सरी।। ६