Jump to content

Page:Ritubichar.pdf/63

From Nepali Proofreaders
Revision as of 21:04, 8 April 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with " रातमा घुसदा शीत दुःखीका भित्र आँतमा। दाँतको झगडा हुन्छ को जाने कुन बातमा।। ७९ कन्था बिकामका भद्दा थाङ्नामा मस्त भैकन। हालका कविजी जस्तै लागे गरिब खुम्चिन।। ८० कालो तरङ्गसङ्कीर्...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

रातमा घुसदा शीत दुःखीका भित्र आँतमा। दाँतको झगडा हुन्छ को जाने कुन बातमा।। ७९ कन्था बिकामका भद्दा थाङ्नामा मस्त भैकन। हालका कविजी जस्तै लागे गरिब खुम्चिन।। ८० कालो तरङ्गसङ्कीर्ण दह झैं पान्थको मन। फोरी नयनको बाँध लाग्यो साह्रै छचल्किन।। ८१ घडीतुल्य पला लाग्छन्, वर्षतुल्य घडी सब। दुःखी दाह्रा किटी भोग्छ रातको शीत गौरव।। ८२ खुम्च्याउँछन् सबैलाई काला दीर्घ विभावरी। कठै घोर अविद्याका गह्रुङ्गा गठरीसरी।। ८३ जुन रातविषे हुन्छ दुःखीको प्राणसंशय। सुखीलाई उनै रात सुधाका लहरीमय।। ८४ सुखीका सुखको साक्षी दुःखको दुःखवर्धन। झुल्कन्छ रातमा झुल्का फुलाई खूप गर्धन।। ८५ दुःखी कौरव झैं खिन्न सुखी पाण्डव झैं बनी। हेर्दछन् द्रौपदीचीरतुल्य हेमन्तयामिनी।। ८६