Jump to content

Page:Bhikari.pdf/24

From Nepali Proofreaders
Revision as of 18:04, 24 January 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "<poem> दर्शन किन्तु कहीँ दिँदैन, चर्म-चक्षुले कानामा । कुन मन्दिरमा जान्छौ यात्री, कुन नवदेश बिरानामा ? फर्क फर्क हे ! जाऊ समाऊ, मानिसहरूको पाउ । मलम लगाऊ आर्तहरूको, चहराइरहेको घाउ मानि...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

दर्शन किन्तु कहीँ दिँदैन,
चर्म-चक्षुले कानामा ।
कुन मन्दिरमा जान्छौ यात्री,
कुन नवदेश बिरानामा ?

फर्क फर्क हे ! जाऊ समाऊ,
मानिसहरूको पाउ ।
मलम लगाऊ आर्तहरूको,
चहराइरहेको घाउ
मानिस भई ईश्वरको यो
दिव्य मुहार हँसाऊ ।