Jump to content

Page:Bhikari.pdf/19

From Nepali Proofreaders
Revision as of 18:52, 26 January 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "<poem> दिन दिन पोखी हृदय त्यसैमा पायो निसले उत्थान सुन्दरताको राम्रो व्यञ्जन, हृदय-लताको पोषक, रञ्जन, फुल्छन्‌ यसकै रसमा सारा भ्रावहरूका कोमल फूल यसकै भित्र छ फैलिरहेको जीवनको सब अन्त...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

दिन दिन पोखी हृदय त्यसैमा
पायो निसले उत्थान
सुन्दरताको राम्रो व्यञ्जन,
हृदय-लताको पोषक, रञ्जन,
फुल्छन्‌ यसकै रसमा सारा
भ्रावहरूका कोमल फूल
यसकै भित्र छ फैलिरहेको
जीवनको सब अन्तर मूल ।
हामी सपना देखिरहेछौं,
सुन्दर झल्का पाइरहेछौं,
प्रकृति मुमाको काख ।
सन्ध्या आइन्‌ मृदु मुस्काइन्‌
जीवनउपर उज्यालो छाइन्‌,
सुन्दर भाव उठाइन्‌ लाख !